बुटवल, ५ चैत। गृहमन्त्री बालकृष्ण खाँणले विकास निर्माणमा राजनीति नगर्न आग्रह गरेका छन्। विकास निर्माण सहकार्य र साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै विकास निर्माणमा काममा अनावश्यक राजनिती नगर्न आग्रह गरे।
सरकार जनतालाई विकासको अनुभूति दिलाउन प्रयासरत रहेको चर्चा गर्दै गृहमन्त्री खाँणले जनताको लामो समय अघिदेखिको विकासको चाहनालाई हरसम्भव पूरा गर्न प्रतिवद्ध रहेको बताए।
बुटवलस्थित तामनगर—फर्साटिकर सडक खण्ड अन्तर्गत दनाव नदिमा नवनिर्मित पक्कि पुलको उद्घाटन गर्दै मन्त्री खाँणले तिनैतहको निर्वाचन समयमै सम्पन्न गराउन र विकासका कामलाई अघि बढाउन सरकारले प्रमुख दायित्वको रुपमा लिएर अघि बढिरहेको जानकारी गराए ।
