पर्यटकीय गन्तव्य बन्दै 'मालिका मन्दिर'

पर्यटकीय गन्तव्य बन्दै 'मालिका मन्दिर'


  • 11.5K
    SHARES
    • बैशाख ९, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 17.7K Views

    पर्यटकीय गन्तव्य बन्दै 'मालिका मन्दिर'

    सल्यान, ९ बैशाख । सल्यानमा जिल्लामा रहेको मालिका मन्दिर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । सल्यान जिल्लाको कुमाख गाउँपालिका-६ र दार्मा गाउँपालिका -४ को सिमानमा पर्ने मालिका मन्दिर आन्तरिक पर्यटकहरुको प्रमुख रोजाईमा पर्न थालेको हो । 

    images

    समुन्द्री सतहदेखि करिब २२ सय मिटरको उचाइमा रहेको मालिका मन्दिरबाट मनोरम हिम शृङ्खला, डाँडाकाडाँ र रुकुम पश्चिम जिल्लाका विभिन्न ठाउँहरु देख्न सकिन्छ । धार्मिक तथा पर्यटनको रुपमा विकास हुदैन गएको मन्दिरको आफ्नै महत्त्व रहेको छ ।WhatsApp Image 2025-04-22 at 11.58.59_a2afb6e7.jpg

    परम्परागत अनुसार मालिका मन्दिरमा विगतको समयमा सुख्खा डाडोमा पनि पानीको ठुलो ताल रहेको थियो । उक्त ताल पछिल्लो समयमा सुक्दै गएको हो । सोही ठाउँमा दुर्गा देवीले बास गरेर मालिक मन्दिर उत्पत्ति भएको जनविश्वास रहेको छ ।हरेक बर्षको वडा दशैको अवसरमा पञ्चमिको दिन दुर्गा माताको मन्दिरमा बलि चढाउने मेला गरिदै आएको छ । मेला भर्ना वा बलि लिएर सल्यान र रुकुमबाट आउने गरेको स्थानीय मिना रावतले बताउनुभयो । पालिका र कर्णाली प्रदेश सरकारसंगको समन्वयले मन्दिरसम्म पुग्ने पकि सिडिहरु धमाधम निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । WhatsApp Image 2025-04-22 at 11.58.56_c0df9197.jpg

    त्यस्तै मन्दिरको विकासको लागि दार्मा गाउँपालिकाले कार्य योजना बनाएर काम गरिरहेको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा पालिकाले मालिका मन्दिरसम्म पुग्ने पदयात्रा निर्मान गरिरहेको छ । मन्दिरमा जाने भक्तालुहरुका लागि विभिन्न प्रकारका बिश्राल स्थल निर्माण गरिएको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बताउनुभयो ।  

    दार्मा गाउँपालिका -४ खाग्लसम्म बाटोबाट सवारीसाधनमा र त्यसपछि करिब करिब १ घण्टा सिडि चढेर उकालो हुदै मन्दिरसम्म पुग्न सकिन्छ । त्यसतै कुमाख गाउँपालिकाको बडागाउँबाट करिब २ घण्टाको ठाडो उकालो पैदल हिडेपछि पनि मालिका मन्दिर पुगिन्छ ।WhatsApp Image 2025-04-22 at 11.59.05_2c9174b6.jpg

    मालिका मन्दिर क्षेत्रमा पुगेपछि देखिन प्राकृतिक सुन्दरता, बाटोमा फुलेका लालिगुराँस तथा कोइरालो र चिसो मौसमले पर्यटकहरुलाई मन्त्रमुग्ध बनाउँछ । यहाँ दुईवटा स्थानीय तहले आआफ्नै मन्दिर निर्माण गरेका छन । दार्मा गाउँपालिकाका दुईवटा र कुमाख गाउँपालिका एकवटा गरेर तीन वटा मन्दिर रहेका छन । जस्मा कुमाखको दुर्गा माताको मन्दिर र दार्माको कालिका, मालिका गरि तिनवटा मन्दिर अवस्थित छन ।WhatsApp Image 2025-04-22 at 11.59.00_fcb2894a.jpg

    दार्मा र कुमाख गाउँपालिकाको सिमानामा रहेको मालिका मन्दिर क्षेत्रबाट सिस्ने हिमालको मनोरम हिम दृश्य देख्न सकिन्छ । प्राकृतिक सुन्दरताले भरिपुर्ण भएको यो मन्दिरमा पुग्दा सबैलाई अलौकिक अनुभुती हुन्छ । जहाँ काफल, कोइरालो, लालिगुराँस, बाज, कटुज लगायतका विभिन्न प्रकारका बोटबिरुवाहरु पाइन्छ ।WhatsApp Image 2025-04-22 at 11.58.49_8e4992ea.jpg

  • सम्बन्धित विषय:

  • # 'मालिका मन्दिर'

  • रुपा थापा
    लेखकबाट थप