दाङमा श्रीमानकाे क्रिया गरिरहेकी श्रीमतीकाे उपचारको क्रममा मृत्यु

दाङमा श्रीमानकाे क्रिया गरिरहेकी श्रीमतीकाे उपचारको क्रममा मृत्यु


  • 9.1K
    SHARES
    • बैशाख १३, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 14.0K Views

    दाङमा श्रीमानकाे क्रिया गरिरहेकी श्रीमतीकाे उपचारको क्रममा मृत्यु

    तुलसीपुर, १३ । दाङको तुलसीपुरमा श्रीमानकाे मृत्यु पश्चात् क्रिया बसकी श्रीमतीकाे मृत्यु भएको छ । तुलसीपुर- माेतिपुर निवासी ६० बर्षिया भगवती शर्माकाे उपचारकाे क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य राणाले जानकारी दिनुभयो । 

    images

    गत बैशाख ८ गते श्रीमान् नेपाल रेडक्रस सोसाइटी दाङका पुर्व सभापति नारायण आचार्यको गोली लागेर मृत्यु भएकाे थियो । उनलाई बोर २ नाले बन्दुकले छातिमा गोली लागि मृत्यु भएको हाे । 

    श्रीमती शार्मा श्रिमानको क्रिया बसिरहेको  अबस्थामा एक्कासि बिरामी भएकी थिइन् । उनीलाई आफन्तले राप्ती लाईफ केयर अस्पताल मोतिपुर दाङमा पुर्‍याएका थिए । अस्पतालले ९:०० बजे मृत्यु भएको  घाेषना गरेको हाे । साथै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # भगवती शर्मा

  • तेस्रो आँखा
    लेखकबाट थप