तुलसीपुर, १७ बैशाख । दाङमा नवजात शिशुकाे लास फेला परेको छ । तुलसीपुर-१४ भोजपुर स्थित बेलन्या डाँडा नर्सरीमा नबजात शिशुको लाश मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुर का प्रवक्ता सुर्य राणाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बेलन्या डाँका नर्सरीमा शिशुकाे लास फेला परेको स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । साेही जानकारी अनुसार प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक बिनाेद राज खत्रीकाे टाेलि घटना स्थलमा पुगेको थियोे ।
उक्त बालिकाको ९ महिना पुगेको जस्तो देखिएको छ । लाशलाई २/३ दिन अघि खाल्डोमा गाडेर जनावरले निकालेको जस्ताे देखिएको प्रहरीले जनाएको छ ।
लाशलाई पाैने ८ बजे प्रारम्भिक कार्य पुरा गरी पाेष्टमाटमकाे लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर मा ल्याइएको छ । घटनाकाे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
