थाइल्यान्ड जाने नेपाली टोलीको बिदाइ

थाइल्यान्ड जाने नेपाली टोलीको बिदाइ


  • 9.5K
    SHARES
    • चैत्र ६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 14.6K Views

    थाइल्यान्ड जाने नेपाली टोलीको बिदाइ

    काठमाडौं, ६ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न जाने   नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ गरेको छ ।

    images

    आइतबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा खेलाडीको बिदाइ गरिएको हो ।  ३४ सदस्यीय टोली सोमबार (भोलि)  थाइल्याण्ड प्रस्थान गर्नेछ ।

    नेपालले थाइल्याण्डसँग १० चैतमा अन्तर्राष्ट्रियस्तरमा मैत्रीपूर्ण र थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनबरी एफसीसँग १३ चैतमा  खेल्नेछ । दुवै खेल चोनबरीमा हुनेछ ।

    यस पछि नेपालले एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल खेल्नेछ । समूह ‘ए’ मा नेपालसहित   कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # खेलाडी

  • तेस्रो आँखा
    लेखकबाट थप