तुलसीपुर, १८ बैशाख । दाङकाे तुलसीपुरमा अटाे अनियन्त्रित भई दुर्घटना हुँदा तीन जना घाइते भएका छन । बिहिवार साझ तुलसीपुर-३ सात तले स्थित अटो अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य राणाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सात तलेबाट ठाउँबाट तुलसीपुर आउदै गरेको .प्र.०२-००१ ह ८८८ नं. अटाे दुर्घटना भएको हाे । तुलसीपुर-५ निवासी १९ बर्षिय सुवास परियार,साेही निवासी २५ बर्षिय डिल्ली बिष्ट र बबई- निवासी १९ बर्षिय भिमसेन परियार घाइते भएका छन ।
दुर्घटनामा घाइते भएका तिनै जना सवारहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । अटाे चालक दंगिशरण-२ निवासी २३ बर्षिय पुर्ण केसी प्रहरीकाे नियन्त्रणमा छन । अटो घटना स्थलमा रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
