१५ हजार रुसी सैनिकसहित २ सय बढी लडाकु विमान ध्वस्त पारेको युक्रेनको दाबी

१५ हजार रुसी सैनिकसहित २ सय बढी लडाकु विमान ध्वस्त पारेको युक्रेनको दाबी


  • 10.1K
    SHARES
    • चैत्र ६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 15.5K Views

    १५ हजार रुसी सैनिकसहित २ सय बढी लडाकु विमान ध्वस्त पारेको युक्रेनको दाबी

    एजेन्सी, ६ चैत। युक्रेनमाथि आक्रमण थालेपछि करिब १५ हजार रुसी सैनिक मरेको दाबी गरिएको छ। युक्रेनका सैन्य अधिकारीहरुले आफूहरुको सेनाले १४ हजार ७ सय रुसी सैनिकलाई मारेको दाबी गरेको हो। 

    images

    युक्रेनमाथि रुसले आक्रमण थालेको २५ दिन भएको छ। युक्रेनी शहर मारियुपोल, जपोरजिया र राजधानी कीभमा भीषण संघर्ष जारी रहेको बीबीसीले जनाएको छ। 

    युक्रेनका सेनाप्रमुखका स्टाफको तर्फबाट गरिएको एक फेसबुक अपडेटमा अधिकारीहरुलाई उदृत गर्दै १४ हजार ७ सय सैनिक मारीएको बताइउको छ। 

    यसक्रममा रुसी सेनाका सरसामान पनि नष्ट भएको जनाइएको छ। जसमा ४७६ ट्यांक २ सय भन्दा धेरै लडाकु विमान, हेलिकप्टर र ड्रोनका साथै १४८७ सवारी साधन रहेको दाबी युक्रेनको छ। 


    तेस्रो आँखा