यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ


  • 10.6K
    SHARES
    • चैत्र ७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 16.2K Views

    यौन दुर्व्यवहार गरेको आरोपमा  शिक्षक पक्राउ

    काठमाडाैं,७ चैत्र ।  चितवनको माडीमा एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सोमेश्वर उच्च माविमा कक्षा ९ अध्ययनरत १५ वर्षीया एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका वडा नं ५ बस्ने ३७ वर्षीय शिक्षक सुरज लामिछानेलाई पक्राउ गरिएको हो ।

    images

    घटना भएको चार दिनपछि चैत ३ गते छात्राकी आमाले इलाका प्रहरी कार्यालय माडीमा आशय करणी अन्तर्गत किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीपछि प्रहरीले लामिछानेलाई पक्रेको हो ।

    फागुन २९ गतेको यो घटना विद्यालयभर फैलिएपछि आक्रोशित विद्यार्थीहरूले शिक्षक लामिछानेलाई विद्यालयमा नै मोसो दलेका थिए । विद्यार्थी आक्रोशित बनेपछि विद्यालय व्यवस्थापन समितिले बैठक डाकेर घटना मिलाउन सर्वदलीय संयन्त्र बनाएको थियो ।

  • सम्बन्धित विषय:

  • # नेपाल प्रहरी

  • तेस्रो आँखा
    लेखकबाट थप