टिपरको ठक्करबाट सुर्खेतमा एक युवतीको मृत्यु, छिन्चु बजार तनावग्रस्त

टिपरको ठक्करबाट सुर्खेतमा एक युवतीको मृत्यु, छिन्चु बजार तनावग्रस्त


  • 6.8K
    SHARES
    • चैत्र ७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    टिपरको ठक्करबाट सुर्खेतमा एक युवतीको मृत्यु,  छिन्चु बजार तनावग्रस्त

    काठमाडाैं,७चैत्र ।  टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि सुर्खेतको छिन्चु बजार तनावग्रस्त बनेको छ । मृतकका आफन्तले राहतसहित दोषीलाई कारबाहीको माग गर्दै सोमबार दिउँसोदेखि छिन्चु बजार र यातायात बन्द गरेका छन् ।

    images

    बजारसँगै सुर्खेत–नेपालगञ्ज सडक खण्डसमेत बन्द छ । ५ चैतमा लेकवेशी नगरपालिका–५ नेटाकी १७ वर्षीया लक्ष्मी पुलामी मगरको टिपरको ठक्करबाट वीरेन्द्रनगरमा मृत्यु भएको थियो ।

    वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गर्दा वीरेन्द्रनगर–११ धुलियाबीट नजिक उनी सवार भे ७ प १७९९ नम्बरको मोटरसाइकललाई भे १ ख ३१०२ नम्बरको टिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । मोटरसाइकलमा सवार सोही नगरपालिका–५ नेटाकै १७ वर्षीया सन्दीपा पुलामीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    मोटरसाइकलमा तीन जना सवार थिए । मोटरसाइकल चालक लेकबेशी नगरपालिका–८ सुर्खेतका २२ वर्षीय मिलन विकसँगै टिपर र चालक बर्दियाको बाँसगढी नगरपालिका–५ का ३१ वर्षीय राजु थापा मगरलाई प्रहरीले पक्रेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप