४५ लाख जनसंख्या भएको सहरमा तीन दिन लकडाउन

४५ लाख जनसंख्या भएको सहरमा तीन दिन लकडाउन


  • 5.5K
    SHARES
    • चैत्र ८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    ४५ लाख जनसंख्या भएको सहरमा तीन दिन लकडाउन

    एजेन्सी, ८ चैत । चीनले देशको उत्तरपूर्वमा लाखौँ मानिसहरुलाई घरमै बस्न आदेश दिएको छ। कोभिड–१९ का घटनामा फेरि बृद्धिसँगै सरकारले सर्वसाधारणलाई यस्तो आदेश दिएको हो ।

    images

    लक्षित क्षेत्रमा तालाबन्दी, सामूहिक परीक्षण र यात्रा प्रतिबन्ध जस्ता तरिका अप्नाएर सन् २०२० को सुरुमा चीन सरकारले कोभिडलाई नियन्त्रणमा राख्न सफल भएको थियो । तर, पछिल्लो समयमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रेनका कारण संक्रमण फैलिएको छ ।

    जिलिन प्रान्तको दोस्रो ठूलो सहर जिलिनमा सोमबार रातिदेखि तीन दिन लकडाउन घोषणा गरिएको छ । जिलिनमा ४५ लाख मानिस बसोबास गर्छन् ।

    पछिल्लो २४ घन्टामा चीनमा  ४ हजार भन्दाबढी कोभिडका नयाँ संक्रमित भेटिएका थिए ।

     


    तेस्रो आँखा