तुलसीपुरमा भालिदेखि मदन भण्डारी फुटसल प्रतियोगिता हुँदै

तुलसीपुरमा भालिदेखि मदन भण्डारी फुटसल प्रतियोगिता हुँदै


  • 12.4K
    SHARES
    • जेठ १६, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 19.1K Views

    तुलसीपुरमा भालिदेखि मदन भण्डारी फुटसल प्रतियोगिता हुँदै

    तुलसीपुर, १५ जेठ । दाङको तुलसीपुरमा भोलिदेखि जेठ १७ गतेसम्म मदन भण्डारी फुटसल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय युवासंघ तुलसीपुर ५ को आयोजनामा मदन भण्डारी फुटसल प्रतियोगिता भोलिदेखि हुने भएको हो । आयोजक टिमले बिहीबार तुलसीपुरमा पत्रकार सम्मेलन गरेर फुटसल प्रतियोगिताबारे जानकारी दिइएको थियोे । 

    images

    आयोजक समितिका संयोजक एवम् राष्ट्रिय युवा संघ तुलसीपुर-५ का अध्यक्ष पारस मल्ल ठकुरीले फुटसल प्रतियोगितामा २८ वटा टिम दर्ता भएको बताउनुभयो । उहाँका अनुसार टिम दर्ताका लागि ३५ सय रुपैयाँ शुल्क रहेको छ । प्रथम हुने टिमलाई ५० हजार र द्वितीय हुने टिमलाई २० हजार रुपैयाँ पुरस्कार रहेको बताउनुभयो । साथै खेल नकआउट तरिकाले खेलाईने पनि उहाँले जानकारी दिनुभयो । 

    प्रतियोगिताको उद्घाटन हिरा चन्द्र केसीले गर्ने समेत आयोजकले जनाएको छ । भोलि साढे ८ बजे फुटसल प्रतियोगिताको उद्घाटन भइ साझ
    साढे ७ बजेसम्म खेल सञ्चालन रहने कुराको पनि जानकारी दिइएको थियो। साथै तुलसीपुरको लेडेन्ट फुटसल खेलकुद मैदानमा उक्त प्रतियोगिता हुने छ । WhatsApp Image 2025-05-29 at 18.10.29_5457c454.jpg

    उक्त पत्रकार सम्मेलनमा पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, उपाध्यक्ष नारायणी रजौरे, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का र चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोस केसीले फुटसल प्रतियोगितालाई सफलता शुभकामना दिनुभएको थियो । साथै यस्ता खालका प्रतियोगिता सञ्चालन हुँदा खेलकुदको क्षेत्रमा समृद्धि हासिल गर्न सकिने उहाँहरुको भनाइ रहेको छ ।


    पत्रकार सम्मेलनको सहजिकरण इगल खबरका प्रबन्धक निर्देशक एच. आर मगरले गर्नुभएको थियोे 


    तेस्रो आँखा