यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान


  • 4.3K
    SHARES
    • जेठ २०, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 6.7K Views

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    तुलसीपुर, जेठ १९ ।  नेपाल वायुसेवा निगमले यात्रुहरुको मागका आधारमा तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलबाट  उडान भर्न थालेको छ ।  टरिगाउँ विमानस्थलमा यात्रुहरुको मागअनुसार अहिले हप्तामा पाँच दिन नै उडान भरेको निगमका तुलसीपुर शाखा प्रमुख बलबहादुर सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार र शनिबारबाहेक हप्ताका अन्य पाँच दिनमा उडान भइरहेको हो । 

    images

    टरिगाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरु नेपालगञ्ज वा भैरहवा जानुपर्ने अवस्था थियो । विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले १९ सिटे जहाज मात्रै बस्ने गरेका छन् । हाल विमानस्थलको धावनमार्ग ७५० मिटरको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ । उक्त विमानस्थल २०११ सालमा बनेको हो । रासस

     


    तेस्रो आँखा