नेपालले आज पपुवा न्युगिनीको सामना गर्दै

नेपालले आज पपुवा न्युगिनीको सामना गर्दै


  • 7.1K
    SHARES
    • चैत्र ८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    नेपालले आज पपुवा न्युगिनीको सामना गर्दै

    काठमाडौं, ८ चैत । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज मंगलबार नेपालले पपुवा न्युगिनी (पीएनजी)को सामना गर्दै छ ।

    images

    नेपाल र पीएनजीबीचको खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरुहुनेछ ।

    पछिल्लो दुई खेलमा नेपाल पराजित भएको छ। दुवै खेल नेपालले यूएईसँग हारेको थियो भने पीएनजीले तेस्रो खेलमा यूएईलाई हराएको थियो ।

    पीएनजी पहिलो खेलमा यूएईविरुद्ध ७ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपासँग २ विकेटले हार व्यहोर्द तेस्रो खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै पुनरागमन गरेको थियो ।

    लिग टुमा नेपाल ११ खेलमा ५ जित निकाल्दै १० अंक बनाएर तालिकाको छैटौं स्थानमा छ । लिग टुमा नेपाल सर्वाधिक कम खेल खेल्ने राष्ट्र हो । यस अघिका खेलमा पीएनजीलाई २ विकेटले हराउँदा नेपाल यूएईसँग ४८ र ९९ रनले पराजित भएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # खेलाडी

  • तेस्रो आँखा
    लेखकबाट थप