ओलीको भाषण मन परेर एमालेमा आएँ -करिष्मा मानन्धर

ओलीको भाषण मन परेर एमालेमा आएँ -करिष्मा मानन्धर


  • 7.1K
    SHARES
    • चैत्र ८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    ओलीको भाषण मन परेर एमालेमा आएँ -करिष्मा मानन्धर

    काठमाडाैं,८ चैत्र । अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेर भित्र्याएका हुन् । ओलीको भाषण र सक्रियता देखेर एमालेमा आएको मानन्धरले बताइन् । 

    images

    अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी थिइन ।  एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि समाजसेवा गर्न पार्टी आवश्यक ठानेर राजनीतिमा प्रवेश गरेको बताइन् ।  एमालेमै आउनुको कारण केपी ओलीको भाषण सुनेर नथाक्ने भएकाले हो उनले भनिन ।

    देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ पार्टी प्रवेश गरेको उनले जानकारी दिइन् । अध्यक्ष ओलीको भाषण सुनेर आफू कहिल्यै नथाक्ने मानन्धरको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप