• ट्रेण्डिङ्ग :
तुलसीपुरमा निति तथा बजेटमा सल्लाह सुझाव संकलन कार्यक्रम सम्पन्न

तुलसीपुरमा निति तथा बजेटमा सल्लाह सुझाव संकलन कार्यक्रम सम्पन्न


  • 6.7K
    SHARES
    • जेठ २९, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 10.4K Views

    तुलसीपुरमा निति तथा बजेटमा सल्लाह सुझाव संकलन कार्यक्रम सम्पन्न

    तुलसीपुर, २८ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाकाे आगामी आर्थिक बर्षकाे लागि नीति तथा बजेटमा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । उपमहानगरले  आगामी आर्थिक बर्ष २०८२/०८३ काे नीति, कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धमा सराेकारवालाहरुसंग सल्लाह, राय तथा सुझाव संकलन गरेको छ । 

    images

    तुलसीपुर उपमहानगरकाे नगर कार्यापालिकाकाे आयोजना तथा नगर प्रमुख टिकाराम खड्काकाे अध्यक्षतामा कार्यक्रम भएको हाे । उक्त कार्यक्रममा जनप्रतिनिधि, संगठनका पदाधिकारी, सराेकारवाला र पत्रकार लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुकाे सहभागी रहेको थियोे । 

    कार्यक्रमलाई सम्बाेधन गर्दै तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काले नीति तथा कार्यक्रमलाई नागरिकहरुकाे भुमिकाले सार्थक बनाउने बताउनुभयो । आम सराेकारवालाकाे सल्लाह बमोजिम बजेट विनियोजित गरेमा तुलसीपुरलाई समृद्ध तुलसीपुर बनाउन सकिने उहाँकाे भनाइ छ । लामो समयसम्म पनि रहिरहने क्षेत्रमा बढि बजेट विनियोजित गरेर काम गर्न सके राम्रो बजेटले सार्थकता पाउने उहाँले बताउनुभयो । साथै  स्वास्थ्य, कृषि, शिक्षा, सडक र उद्योग जस्ता क्षेत्रहरु मध्ये  प्राथमिकतामा पर्ने क्षेत्रमा बजेट विनियोजित गर्नुपर्नेमा उहाँको जाेेड रहेको छ ।Messenger_creation_BE7F296D-607A-4DE9-9285-7B299AD6A2BA.jpeg

    उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै उपमेयर स्यानी चाैधरीले बजेट ल्याउनु भन्दा पहिले नै विभिन्न क्षेत्रका प्रतिनिधिहरुबाट आएका सल्लाह सुझाव सहित बजेट ल्याएमा बजेटकाे उदेश्य पूरा गर्न सकिने बताउनुभयो । सबैले आआफ्नो क्षेत्रकाे प्रतिनिधि गर्दै कस्ताकस्ता ठाउँमा बजेट विनियोजन गर्ने हाे साेही बमाेजिम बजेट राख्न सकेमा मात्र तुलसीपुरलाई एउटा सुन्दर तुलसीपुर बनाउन सकिने उहाँको भनाइ छ । आगामी बजेटलाई सहि तरिकाले विनियोजन गर्न सकेमा बजेटले सार्थक पाउने बताउनुभयो । 

    बहिरा संघ दाङका निर्देशक अजयदिप शार्मा धेरै वडामा अपांग बैरा व्यक्तिहरु रहेका छन उनिहरुलाई समेटिने गरि बजेट ल्याउन आग्रह गर्नुभयो । साथै बैराहरुलाई सिपमुलक तालिम दिने उहाँले उत्पादन गरेका समान बिक्री गर्नमा सहयोग गर्ने गरि नीति तथा कार्यक्रम बनाउनमा जाेड दिनुभयो । 
    बाहिरा संघ दाङकी प्रमुख देवा डाँगीले बैरा व्यक्तिकाे लागि शिक्षा तथा आवासकाे पहुँच पुर्‍याउने खालको निति ल्याउन आग्रह गर्नुभयो । 

    सहायता केन्द्र नेपालकाे सचिव मुना विकले तुलसीपुर उपमहानगरलाई लैंगिकमैत्री नगर घाेषण गर्ने गरि बजेट विनियोजन गर्ने बताउनुभयो । उहाँले आगामी बजेटमा मर्यादित महिनावारी सहितकाे बजेत ल्याउन आग्रह गर्नुभयो । 

    वातावरण संरक्षणविद् डिल्ली बहादुर रावतले रासायनिक मलकाे प्रयोगलाई उत्साहित गर्नुपर्नेमा जाेड दिनुभयो । 

    साथै उक्त कार्यक्रममा लक्ष्मी चाैधरी, शुभव देवकोटा र हेमराज डाँगी  लगायतका प्रतिनिधिहरुले आवश्यकता र मर्म अनुरुप बजेट ल्याउन आग्रह गर्नुभयो ।

    तुलसीपुर उपमहानगरपालिकाले संकलन गरेका राय तथा सुझाव अनुरुप आगामी नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । 


    तेस्रो आँखा