अम्बेश्वरी माविमा सरस्वतीको मूर्ति हस्तान्तरण कार्यक्रम सम्पन्न

अम्बेश्वरी माविमा सरस्वतीको मूर्ति हस्तान्तरण कार्यक्रम सम्पन्न


  • 10.8K
    SHARES
    • जेठ ३१, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 16.6K Views

    अम्बेश्वरी माविमा सरस्वतीको मूर्ति हस्तान्तरण कार्यक्रम सम्पन्न

     तुलसीपुर, १३ जेठ ।  तुलसीपुर उपमहानगरपालिका–१३ स्थित अम्बेश्वरी माध्यमिक विद्यालयमा विद्या, कला र ज्ञानकी अधिष्ठात्री देवी सरस्वतीको मूर्ति हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

    images

    कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल रहेका थिए। सरस्वतीको मूर्ति राप्ती परोपकार संघ नेपाल र नगर सभापति हमालको संयुक्त पहलमा विद्यालयलाई हस्तान्तरण गरिएको हो।

    राप्ती परोपकार संघ नेपालका सचिव राघव देवकोटाले मूर्ति हस्तान्तरणको औपचारिक जानकारी दिएका थिए। संघका अध्यक्ष सञ्जय पराजुली, उपाध्यक्ष गोरख वली र कोषाध्यक्ष क्षेत्र भण्डारी समेत कार्यक्रममा उपस्थित थिए।

    कार्यक्रममा नेपाली कांग्रेसका नेता देवेन्द्र रिजाल, दाङ जिल्ला सदस्य रमेश मल्ल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

    विद्यालयमा धार्मिक र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ मूर्ति स्थापना गरिएको हो। विद्यालय प्रशासनले यस्ता कार्यहरूले विद्यार्थीमा नैतिकता र संस्कारप्रति झनै लगाव बढाउने विश्वास व्यक्त गरेको छ।


    तेस्रो आँखा