बुटवल, ८ चैत्र । बुटवलमा चैतको १० देखि १४ गतेसम्म हुने विशिष्टिकृत कृषि मेला–२०७८ को तयारी पूरा भएको छ । बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजना तथा लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालय,बुटवल उपमहानगरपालिका,नेपाल उद्योग वाणिज्य महासंघ,कृषि उद्यम केन्द्र र पशुपक्षी तथा मत्य विकास निर्देशनालयको प्रवद्र्धनमा मेला हुनेछ ।
संघले छोटो समयमा कृषि मेला गर्न लागेकोले पनि त्यसको तयारी तिब्र गतिमा गर्नु परेको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए । मेलाको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्ने कार्यक्रम छ । बजारमुखि कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार भन्ने नारा सहित सञ्चालन गर्न लागिएको कृषि मेलामा व्यवसायिक कृषि तथा त्यसको लागि कृषिमा प्रविधि र उपकरणको प्रयोगलाई जोड दिईएको छ ।
यस मेलामा ४० देखि ५० वटा कृषि सम्बन्धी स्टलहरु राखिनेछ । मेलालाई करिब २५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान छ । कृषक समूह, सहकारी एवं कृषिसंग सम्बन्धित सरकारी कार्यालय तथा संघ संस्थाहरु लगायत उपभोक्ता सम्पुर्णलाई मेला स्थलमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
मेला स्थलमा अन्य आकर्षणहरुमा दुग्धपान प्रतियोगिता, कालिज पालन सम्बन्धि जानकारी तथा परामर्श ,लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी,कृषिमा आधारित सांस्कृतिक कार्यक्रम रहने छ । मेलामा कृषिका अत्याधुनिक प्रबिधिको प्रर्दशन ,कृषि परिकार,कृषिका अत्याधुनिक प्रबिधिको प्रर्दशन,उत्कृष्ट कृषि उत्पादनको प्रद्र्धशन, कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल हुने प्रचारप्रसार उपसमिति संयोजक जमुना पौडेलले बताइन् ।
