केही मान्यता र परिवेशले एमाले र माओवादी अलग्गिएको हो : लीलामणि पोखेरल

केही मान्यता र परिवेशले एमाले र माओवादी अलग्गिएको हो : लीलामणि पोखेरल


  • 6.7K
    SHARES
    • मंसिर १०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    केही मान्यता र परिवेशले एमाले र माओवादी अलग्गिएको हो : लीलामणि पोखेरल


    चितवन, १० मंसिर 

    images

    माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले केही फरक मान्यता र परिवेशले माओवादी केन्द्र र एमाले अलग हुन पुगेको बताउनु भएकाे छ । 

    चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले तत्कालीन नेकपामा रहँदा देखिएका फरक मान्यता र परिवेशले माओवादी र एमाले अलग हुन पुगेकाे बताउनु भयाे । 

    राजनीतिक दलहरूको एकताले मुलुकमा निरंकुश राजतन्त्र अन्त्य भएको स्मरण गराउँदै उनले नेपाल कम्युनिष्ट आन्दोलनमा जनताको विश्वास रहेको भए पनि नेताहरूमा भएका संकीर्णताले असर गरेको बताउनु भयाे । 

    एउटै दलले मुलुकको विकास र समृद्धि गर्ने नसक्ने भन्दै उहाँले एकता, सहकार्यको नीतिले समाजवादी क्रान्तिले मुलुकको अवस्था परिवर्तन गर्ने बताए ।कम्युनिष्ट पार्टीको एकता आवश्यक रहेको भन्दै उनले अहिले नयाँ चुनौती र सम्भावना रहेको र महाधिवेशनमा सहभागी भएका नेताहरूले मनन गर्ने विश्वास व्यक्त गर्नुभयाे । 

    उहाँले एमाले महाधिवेशन र महाधिवेशनबाट चुनिने नेतृत्वको सफलताको शुभकामना दिनुभयाे। 
     


    तेस्रो आँखा