• ट्रेण्डिङ्ग :
सहरी विकास मन्त्रालयका लागि ४५ अर्बको बजेट सिलिङ

सहरी विकास मन्त्रालयका लागि ४५ अर्बको बजेट सिलिङ


  • 7.5K
    SHARES
    • चैत्र ९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    सहरी विकास मन्त्रालयका लागि ४५ अर्बको बजेट सिलिङ

    काठमाडाैं,९ चैत्र । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ४५ अर्बको बजेट सिलिङ पाएको छ । आर्थिक वर्ष २०७९÷८० का लागि राष्ट्रिय योजना आयोगले मन्त्रालयका लागि ४५ अर्बको बजेट सिलिङ तोकिदिएको हो । चालुतर्फ ३९ अर्ब र पुनर्निर्माणतर्फ ६ अर्ब बजेट सिलिङ तोकिएको मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरले जानकारी दिए ।

    images

    पुर्निर्माण तर्फको बजेट कम भएको भन्दै मन्त्रालयले सिलिङ बढाउन योजना आयोगलाई पत्राचार गर्ने तयारी गरेको छ । मन्त्रालयले पुनर्निर्माणमा झण्डै १२ अर्ब आवश्यक रहेको बताउँदै आएको छ । चालु आर्थिक वर्षका लागि गत वर्ष सहरी विकास मन्त्रालयले ३१ अर्बको बजेट सिलिङ पाएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप