रूस–युक्रेन युद्धः इन्डोनेसियामा चाउचाउ अभाव

रूस–युक्रेन युद्धः इन्डोनेसियामा चाउचाउ अभाव


  • 8.8K
    SHARES
    • चैत्र ९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    रूस–युक्रेन युद्धः इन्डोनेसियामा चाउचाउ अभाव

    एजेन्सी, ९ चैत । रूस–युक्रेन युद्धको असर युद्ध क्षेत्रबाट धेरै टाढा रहेको इन्डोनेसियामा पनि देखिएको छ । युक्रेन द्वन्द्वले इन्डोनेसियामा प्रतिष्ठित र अत्यधिक लोकप्रिय ‘इन्डोमी’ चाउचाउको अभाव देखिएको छ ।

    images

    युक्रेन इन्डोनेसियामा गहुँको सबैभन्दा ठूलो निर्यातकर्ता हो र रूसी आक्रमणपछि युक्रेनी बन्दरगाहहरूमा गतिविधि निकै सुस्त भएको छ ।

    तसर्थ, गहुँको पिठोबाट उत्पादन हुने इन्डोमी चाउचाउको उत्पादन प्रभावित भएको छ । इन्डोमी ब्रान्डले इन्डोनेसियामा इन्स्ट्यान्ट नुडल्सलको अवधारणालाई पहिलो पटक परिचय र लोकप्रिय बनाएको बताएको छ ।


    यो चाउचाउ इन्डोनेसियाली समाजको हरेक क्षेत्रमा लोकप्रिय छ । विद्यार्थीहरूदेखि छिटो खाजा खान चाहने व्यक्तिले यही चाउचाउ चाहन्छन् ।

    युक्रेन र रुसबीचको लडाइँले युरोपलाई ‘अलर्ट’ बनाएको छ भने तेलको मूल्यबृद्धिको असर भने विश्वभर महशुस गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # युक्रेन-रूस युद्द

  • तेस्रो आँखा