महिलाका लागि हाई स्कुल खोल्न पछि हट्यो तालिवान 

महिलाका लागि हाई स्कुल खोल्न पछि हट्यो तालिवान 


  • 5.6K
    SHARES
    • चैत्र ९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    महिलाका लागि हाई स्कुल खोल्न पछि हट्यो तालिवान 

    एजेन्सी,९ चैत्र । तालीवानले अफगानी केटीहरूलाई हाई स्कुलमा फर्कन दिने निर्णय फिर्ता लिएको छ । केटीहरुले लगाउने लुगामा निर्णय गर्न बाँकी भएकाले स्कुल जान नदिएको तालीवानले बताएको छ । गत सालको अगस्टमा तालीवान सत्तामा आएपछि लगाइएको देशभरको प्रतिबन्धहरू आज धेरै महिना पछि खुलेको छ । 

    images

    तर अचानक शिक्षा मन्त्रालयले केटीहरूको हाई स्कुल बन्द राख्ने घोषणा गरेपछि मानिसहरू अलमलमा परेका छन् । यस अचानक घोषणाले छात्राहरूका बाबुआमामा गहिरो रिस उत्पन्न गरेको छ । धेरैले विद्यालय फर्कन पाउने अवसर पाएपछि खुुसी र उत्साह पोखेका थिए । शिक्षा मन्त्रालयले बुधबार देशभरका छात्रासहित सबै विद्यार्थीका लागि विद्यालय खोल्ने घोषणा गरेको एक हप्तापछि यो निर्णय आएको हो । 

    आमाबाबु र विद्यार्थीहरूले यस अन्तिम मिनेटको घोषणामा क्रोध र निराशा व्यक्त गरे । धेरै छात्राहरूले आँसु समेत बगाएका छन् ।  उनीहरुले आक्रोस मुद्रामा भनेका छन्, “किन हामीसँग खेलीरहेका छन् ? हाम्रो अधिकार छ । हामी पनि मान्छे हौँ । हामी केवल पढ्न चाहन्छौँ । के पढ्नु पाप हो ? के छोरी मान्छे हुनु पाप हो ?”


    तेस्रो आँखा
    लेखकबाट थप