ग्रेटर अस्टिन नेप्लिज चेम्बर अफ कमर्शको आयोजनमा टेक्सासको राजधानी शहर अस्टिनमा उज्यालो नेपालका लोकप्रिय अभियन्ता कुलमान घिसिङ संग अन्तरकियात्मक संवाद, कार्यक्रम रहेको छ । ग्रेटर अस्टिन नेप्लिज चेम्बर अफ कमर्शको आईतबार अस्टिनको करि किचनमा संम्पन्न छलफल एवं अन्तरक्रिया कार्यक्रममा संस्थाद्वारा आयोजित कार्यक्रमहरुका बारेमा जानकारी दिईयो । कार्यक्रममा दिईएको जानकारी अनुसार उज्यालो नेपालका चर्चित अभियन्ता कुलमान घिसिङ संगको संवाद कार्यक्रम अगस्ट २ गते शनिवार बेलुका ४ बजे Atithi Grill and Bar # 130 Sundance Pkwy Suite 100, Round Rock, TX 78681देखि हुनेछ ।
नारायण भण्डारी
