• ट्रेण्डिङ्ग :
तातोपानी नाका भएर २३२ मेट्रिक टन युरिया मल नेपाल भित्रियाे

तातोपानी नाका भएर २३२ मेट्रिक टन युरिया मल नेपाल भित्रियाे


  • 7.6K
    SHARES
    • चैत्र १०, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    तातोपानी नाका भएर २३२ मेट्रिक टन युरिया मल नेपाल भित्रियाे

    काठमाडाैं,१० चैत्र । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए । शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो ।

    images

    भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताए । बोलपत्र पाएपछि छ महिनाअघि शिल्कले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ ।

    रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने बताइएको छ । बाँकी आठ हजार ५०० मेट्रिक टन मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ । रासस


    तेस्रो आँखा
    लेखकबाट थप