रुस–युक्रेन युद्धको एक महिनाः ७ देखि १५ हजार रुसी सैनिक मारिए 

रुस–युक्रेन युद्धको एक महिनाः ७ देखि १५ हजार रुसी सैनिक मारिए 


  • 11.7K
    SHARES
    • चैत्र १०, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 17.9K Views

    रुस–युक्रेन युद्धको एक महिनाः ७ देखि १५ हजार रुसी सैनिक मारिए 

    एजेन्सी, १० चैत । रुस र युक्रेनबीचको युद्ध सुरु भएको एक महिना पुरा भएको छ । रुसले गत फेब्रुअरी २४ का दिन युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो । 

    images

    युद्ध सुरु भएको एक महिनाको अवधिमा युक्रेनमा सात देखि १५ हजार रुसी सैनिक मारिएको दाबी उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो)ले गरेको छ । 

    नेटोका वरिष्ठ अधिकारीका अनुसार युद्धमा मारिने तथा घाइते हुने रुसी सैनिकको संख्या ३० हजार देखि ४० हजार रहेको छ । 

    रुसले मार्च २ पछि युक्रेनसँगको युद्धमा आफ्ना कति सैनिक मारिए तथा घाइते भएका छन् भन्ने सार्वजनिक गरेको छैन । 

    रुसले अफगानिस्तानमाथि १० वर्ष कब्जा गर्दा १५ हजार रुसी सैनिक मारिएका थिए । 

    युक्रेनले पनि युद्धमा आफ्ना कति नागरिक तथा सैनिकको मुत्यु भयो भन्नेमा स्पष्ट हुन सकेको छैन । युक्रेनका राष्ट्रपतिले करिव दुई साता अघि युद्धमा एक हजार ३०० युक्रेनी सैनिक मारिएको जनाएका थिए । 

    युद्धका कारण हालसम्म २० लाखभन्दा बढी युक्रेनीले देश छोडेको जनाइएको छ । उनीहरु छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् । 

  • सम्बन्धित विषय:

  • # युक्रेन-रूस युद्द

  • तेस्रो आँखा
    लेखकबाट थप