काठमाडौं, १० चैत । एमालेको केन्द्रीय कमिटी बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको सिफारिस चैत मसान्तसम्म सक्न निर्देशन दिएको छ ।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवार सम्बन्धित कमिटीले चैत मसान्तभित्र सिफारिस गरिसक्न निर्देशन दिएको एमाले प्रचार प्रसार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
दुई दिने पोलिटब्यूरो बैठक सकिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रमुख रिजालले स्थानीय कमिटीले गर्नुपर्ने सिफारिसको समयसीमा चैत मसान्तसम्म तोकिएको बताए ।
पोलिटब्यूरो बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्डसमेत पारित गरेको छ । स्थानीय कमिटीले उम्मेदवार सिफारिस गरेर माथिल्लो कमिटीमा पेस गर्नुपर्ने छ । सोही आधारमा माथिल्लो कमिटीले उम्मेदवारकाे छनोट गर्नेछ ।
