• ट्रेण्डिङ्ग :
अस्ट्रेलियालाई हराएको जापान र साउदी विश्वकपमा छनोट

अस्ट्रेलियालाई हराएको जापान र साउदी विश्वकपमा छनोट


  • 8.7K
    SHARES
    • चैत्र १०, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 13.4K Views

    अस्ट्रेलियालाई हराएको जापान र साउदी विश्वकपमा छनोट

    काठमाडौं, १० चैत । दुई एसियन टोली जापान र साउदी अरेबियाले विश्वकपमा आफ्नो स्थान पक्का गरेका छन् ।

    images

    विश्वकपको एसियन छनोटअन्तर्गत बिहीबार भएको अन्तिम चरणको खेलमा जापानले अस्ट्रेलियालाई २–० ले पराजित गरेसँगै समूह ए मा २१ अंक जोडेको जापानले विश्वकपको टिकट काटेको हो ।

    अस्ट्रेलिया पराजित भएसँगै समूह ए मा १९ अंक जोडेर दोस्रो स्थानमा रहेको साउदीले पनि विश्वकपमा आफ्नो स्थान पक्का गर्‍यो । 

    अस्ट्रेलियाले भने अब विश्वकपमा स्थान बनाउन दक्षिण अमेरिकी छनोटको पाँचौं स्थानमा रहने टोलीसँग प्लेअफ खेल्नेछ ।

    बिहीबार जापानलाई घरेलु टोलीविरुद्ध जित दिलाउन दुवै गोल काउरु मितोमाले गरे ।

    मितोमाले खेल सकिन एक मिनेट बाँकी रहँदा जापानलाई अग्रता दिलाएका थिए । यस्तै, इन्जुरी समयमा मितोमाले नै गोल गर्दै जापानलाई कतार विश्वकपसम्म दोहोर्‍याए । जापानले लगातार सातौँ पटक विश्वकप खेल्ने भएको हो ।

  • सम्बन्धित विषय:

  • # विश्वकप छनोट

  • तेस्रो आँखा
    लेखकबाट थप