नेपाल थाइल्यान्डसँग पराजित

नेपाल थाइल्यान्डसँग पराजित


  • 7.4K
    SHARES
    • चैत्र १०, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    नेपाल थाइल्यान्डसँग पराजित

    काठमाडौं, १० चैत । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग २-० अन्तरले पराजित भएको छ ।  थाइल्यान्डको चोनबरीमा भएको खेलमा नेपालले पहिलो हाफमा घरेलु टोलीलाई रोके पनि दोस्रो हाफमा भने दुई गोल बेहोर्न पुग्यो ।

    images

    थाइल्यान्डको जितमा फिलिप रोलर र चाओवाट विराचार्टले गोल गरे ।  फिलिपले ७८औं मिनेटमा गोल गर्दै थाइल्यान्डलाई अग्रता दिलाए। चाओवाटले ८९ औं मिनेटमा गोल गर्दै थाइल्यान्डको जित सुनिश्चित गरे ।  

    यस खेलसँगै प्रशान्त अवस्थीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको हो । अब नेपालले १३ गते  थाइल्याण्डको शीर्ष डिभिजन  क्लब चोनबरी एफसीसँग खेल्नेछ ।

    एसियन कप छनोटमा नेपाल  सहित समूह 'ए' मा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।


    तेस्रो आँखा