यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


  • 10.7K
    SHARES
    • चैत्र ११, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 16.4K Views

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं,  ११ चैत । नेपाल राष्ट्र बैंकले शुक्रबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 

    images

    राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ८९ पैसा र बिक्री दर १२२ रुपैयाँ ४९ पैसा कायम गरेको छ ।

    युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ८७ पैसा र बिक्री दर १३४ रुपैयाँ ५२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ७१ पैसा र बिक्री दर १६१ रुपैयाँ ५० पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर ३० रुपैयाँ ६६ पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ १७ पैसा र बिक्री दर ९१ रुपैयाँ ६२ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ४१ पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ दुई पैसा र बिक्री दर १० रुपैयाँ सात पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १३ पैसा र बिक्री दर १९ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ ४९ पैसा र बिक्री दर ३२ रुपैयाँ ६५ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २८ पैसा र बिक्री दर ३३ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ  ९८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  ९ रुपैयाँ ९६ पैसा र बिक्री दर १० रुपैयाँ एक  पैसा कायम भएको छ

  • सम्बन्धित विषय:

  • # विनिमय दर

  • तेस्रो आँखा
    लेखकबाट थप