सत्य, धर्म र न्यायको विजयको प्रतीक दसैँ : राष्ट्रपति पाैडेल

सत्य, धर्म र न्यायको विजयको प्रतीक दसैँ : राष्ट्रपति पाैडेल


  • 3.4K
    SHARES
    • आश्विन १६, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 5.2K Views

    सत्य, धर्म र न्यायको विजयको प्रतीक दसैँ : राष्ट्रपति पाैडेल

    काठमाडौँ, असोज १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्नुभएको छ । 

    images

    राष्ट्रपति पौडेलले आज हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजयादशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै समृद्धिको कामना गर्नुभएको हो । 

    उहाँले भन्नुभएको छ, “सत्य, धर्म र न्यायको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशीर्वाद मान्यजनहरूबाट ग्रहण गर्ने गरिन्छ, यस अवसरमा समग्र राष्‍ट्रमा मेलमिलाप, सद्‍भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै गर्दछु । विजया दशमी २०८२ ले सम्पूर्ण विश्वमा शान्ति एवम् मानव जातिको कल्याण गर्ने उहाँको विश्वास छ ।’’


    तेस्रो आँखा