तुलसीपुर कारागारबाट अझै ७८ कैदीबन्दी फरार

तुलसीपुर कारागारबाट अझै ७८ कैदीबन्दी फरार


  • 3.4K
    SHARES
    • आश्विन २३, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 5.3K Views

    तुलसीपुर कारागारबाट अझै ७८ कैदीबन्दी फरार

    दाङ, असोज २३ । जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट भागेका २५३ कैदीबन्दीमध्ये ७८ कैदीबन्दीहरु अझै फरार रहेका छन् ।

    images

    २५३ मध्ये १५५ जना कैदीबन्दीहरु तुलसीपुर कारागारमा र २० जना कैदीबन्दीहरु जिल्ला बाहिरका कारागरमा आए पनि ७८ जना केन्दीहरु अहिलेसम्म फरार रहेको तुलसीपुर कारागार कार्यालयका जेलर गिरबहादुर सिजवालले जानकारी दिनुभयो ।

    उहाँको अनुसार १७५ मध्य ८४ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरिएको थियो भने ९१ जना कैदीबन्दीहरु आफे कारागारमा फर्किका थिए ।

    जेनजी आन्दोलनको क्रममा भदौ २३ गते बेलुकी १२४ जना र भदौ २४ गते दिउँसो १२९ जनासहित २५३ कैदीबन्दीहरु कारागारबाट भागेका थिए । फरार कैदीबन्दीहरूको खोजी भइरहेको जानकारी दिँदै जेलर सिजवालले जानकारी दिनुभयो ।


    तेस्रो आँखा