• ट्रेण्डिङ्ग :
जनार्दन शर्मालाई बाबुराम भट्टराईको सुझाव–माओवादीको ब्राण्ड बोकेर अब देश विकास हुँदैन 

जनार्दन शर्मालाई बाबुराम भट्टराईको सुझाव–माओवादीको ब्राण्ड बोकेर अब देश विकास हुँदैन 


  • 11.9K
    SHARES
    • चैत्र ११, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 18.4K Views

    जनार्दन शर्मालाई बाबुराम भट्टराईको सुझाव–माओवादीको ब्राण्ड बोकेर अब देश विकास हुँदैन 

    काठमाडौं, ११ चैत । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी पार्टीको ब्राण्ड बोकेर देश विकास नहुने बताएका छन् । शुक्रबार राष्ट्रिय सभा गृहमा भएको प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलनमा बोल्दै नेता भट्टराईले माओवादी पार्टीबाट अर्थमन्त्री बनेका जनार्दन शर्मालाई मओवादी पार्टीको ब्राण्ड छोड्नसमेत आग्रह गरेका छन् । 

    images

    ‘म पनि माओवादी पार्टीको निर्माता कारमा पर्छु।’ डा. भट्टराईले भने, ‘हामीले अब त्याग गर्नुपर्छ, पहिले भन्दा फरक बाटोमा हिड्ने बेला आएको छ । अर्थमन्त्री यही हुनुहुन्छ म उहाँलाई भन्न चाहन्छु अब माओवादीको ब्राण्ड बोकेर देश विकास हुँदैन । त्यसैले हामीले त्याग गर्ने बेला आएको छ । हामी सबैले बाटो फेर्न जरुरी छ ।’

    डा. भट्टराईले माओवादी पार्टी र आन्दोलन गलत नभएको पनि बताए । ‘त्यो समयमा माओवादीले गरेको काम उपयुक्त थियो मैले त्यसलाई गलत भनेको होइन,’ डा भट्टराईले भने, ‘तर अहिले समय परिवर्तन भएको छ । अब त्यो समयको सिद्धान्त र त्यही समयको बिचारले नेपाल विकास हुने नसक्ने उनले दाबी गरे।’ 


    तेस्रो आँखा
    लेखकबाट थप