नेपाल तरुण दलको स्थापना दिवसकाे अवसरमा थमन चौधरीलाई ह्विलचियर वितरण

नेपाल तरुण दलको स्थापना दिवसकाे अवसरमा थमन चौधरीलाई ह्विलचियर वितरण


  • 5.5K
    SHARES
    • कार्तिक ११, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 8.5K Views

    नेपाल तरुण दलको स्थापना दिवसकाे अवसरमा थमन चौधरीलाई ह्विलचियर वितरण

    दाङ, १० कार्तिक । नेपाल तरुण दलको ७३औं स्थापना दिवसको अवसरमा अपांगता भएका व्यक्तिलाई ह्विलचियर वितरण गरेको छ। सोमबार नेपाल तरुण दल तुलसीपुर नगरले तुलसीपुर–११ कटाहामा जन्मजात अपाङ्ग भएका १८ वर्षीय थमन चौधरीलाई ह्विलचियर वितरण गरिएको हाे ।

    images

    ‘समाज सेवामा तरुण दल’ भन्ने नारासहित ह्विलचियर वितरण कार्यक्रम सम्पन्न भएको हने । नेपाल तरुण दल तुलसीपुर नगर समितिका अध्यक्ष कमल घर्तीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । 

    कार्यक्रममा नेपाली काँग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, काँग्रेसका अन्य नेताहरू, कार्यकर्ता तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    अध्यक्ष कमल घर्तीले नेपाल तरुण दल केवल राजनीतिक संगठन मात्र नभई समाजसेवामा पनि अग्रसर रहँदै आएको बताउनुभयाे । उहाँले आगामी दिनमा पनि यस्ता सेवा मूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयाे । साथै यस्ता सेवामूलक कार्य गर्नाले अपांग भएका व्यक्तिहरुकाे मनाेबल बढ्ने उहाँको भनाइ छ ।

    उक्त कार्यक्रममा वक्ताहरूले नेपाल तरुण दलको स्थापना दिवसले युवालाई जिम्मेवार, अनुशासित र सेवामुखी बन्न प्रेरणा दिने बताएका थिए ।

  • सम्बन्धित विषय:

  • # चौधरीलाई ह्विलचियर वितरण

  • तेस्रो आँखा