एक महिला यात्रुले चालक दलका सदस्यसँग होहल्ला र अन्य यात्रुलाई हातपात गरेपछि विमान डाइभर्ट

एक महिला यात्रुले चालक दलका सदस्यसँग होहल्ला र अन्य यात्रुलाई हातपात गरेपछि विमान डाइभर्ट


  • 5.9K
    SHARES
    • चैत्र १२, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    एक महिला यात्रुले चालक दलका सदस्यसँग होहल्ला र अन्य यात्रुलाई हातपात गरेपछि विमान डाइभर्ट

    एजेन्सी १२ चैत। बेलायतको म्यानचेस्टरबाट टर्कीका लागि उडेको एउटा विमान आकाशबाटै डाइर्भट गरेर अस्ट्रियाको राजधानी भियना पु¥याइएको छ । एक महिला यात्रुले चालक दलका सदस्यसँग होहल्ला र अन्य यात्रुलाई हातपात गरेपछि विमान डाइभर्ट गरिएको हो ।

    images

    ती महिलाले बेलायती विमान जेट २ मा बच्चाहरु रोएको गुनासो गरेकी थिइन् ।  तर, उनी चाँडै कर्मचारीप्रति आक्रामक भइन् । उनलाई शान्त पार्ने सबै प्रयासहरू बिफल भएपछि चालक दलले उनलाई झार्न भियनातर्फ उडान डाइभर्ट गर्नुपरेको थियो ।

    एक साक्षीले म्यानचेस्टर इभिनिङ न्युजलाई बताएअनुसार ती महिला उडानमा लगभग एक घण्टा २० मिनेट बाधक बनेकी थिइन । ‘त्यहाँ धेरै कोलाहल थियो,’ यात्रुले भने । ‘त्यसपछि उनी विमानको अगाडि पुगिन । उनी वास्तवमै कर्मचारीप्रति क्रुद्ध थिइन । कसैले उनको रिस शान्त पार्न सकेनन् । महिलाको व्यवाहारलाई लिएर एयरलाइनले क्षमायाचना मागेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप