आइसिसी विश्वकप लिग–२: नेपालले युएईलाई २४० रनको लक्ष्य दियो

आइसिसी विश्वकप लिग–२: नेपालले युएईलाई २४० रनको लक्ष्य दियो


  • 3.2K
    SHARES
    • कार्तिक २०, २०८२ बुधबार
    • ११ महिना अघि
    • 4.9K Views

    आइसिसी विश्वकप लिग–२: नेपालले युएईलाई २४० रनको लक्ष्य दियो

    काठमाडौँ, कात्तिक १९ गते । दुबईमा आइसिसी विश्वकप लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपालले जितका लागि संयुक्त अरव इमिरेट्स ९युएई० लाई दुई सय ४० रनको लक्ष्य दिएको छ ।

    images

    आइसिसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ३९ रन बनायो । 

    नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाउनुभयो । यस्तै कुशल मल्लले ४५ रन नाउनुभयो । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३७, ओपर आशिफ शेखले ३४, आरिफ शेखल ३० र सन्दीप लामिछानेले १५ रन बनाउनुभयो । 

    बलिङमा युएईका ध्रुव परासर, जुनैद सिद्धीकी र मुहमद जवादुल्लाहले दुई दुई तथा जाहिद अलले एक विकेट लिनुभयो । नेपाल आज यस शृङ्खलामा सान्त्वना जित निकाल्ने अभियानमा छ । नेपालले अघिल्ला तीन खेलमा हार खेपेको थियो । 


    तेस्रो आँखा