• ट्रेण्डिङ्ग :
नेपालले दियो पीएनजीलाई जित निकाल्न २७९ रनको लक्ष्य

नेपालले दियो पीएनजीलाई जित निकाल्न २७९ रनको लक्ष्य


  • 9.3K
    SHARES
    • चैत्र १२, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 14.4K Views

    नेपालले दियो पीएनजीलाई जित निकाल्न २७९ रनको लक्ष्य

    काठमाडौं, १२ चैत । मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरीको शतकप्रेरित नेपालले पपुवा न्यु गिनी (पीएनजी)विरुद्धको दोस्रो एकदिवसीय खेलमा दुई सय ७९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    images

    टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ७८ रनको योगफल तयार गर्यो ।

    नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङका लागि आएका दीपेन्द्रले एक सय ४० बलमा सात चौकासहित एक सय पाँच रन बनाए । उनको यो पहिलो एकदिवसीय शतक हो ।

    स्कोरबोर्डमा पाँच रन जोड्दा दुवै ओपनर गुमाएको नेपालको इनिङ दीपेन्द्र र देव खनालले कीर्तिमानी साझेदारी गर्दै उकासेका थिए ।

    देव र दीपेन्द्रले कीर्तिमानी एक सय २९ रनको साझेदारी गरेका थिए । जुन एकदिवसीय क्रिकेटमा नेपालको सबैभन्दा उच्च साझेदारी हो ।

    एकदिवसीय खेलमा पहिलो अर्धशतक बनाएका देवले ८६ बलमा चार चौका र तीन छक्कासहित ७२ रन बनाए ।

    यसबाहेक, नेपाली टोलीको खातामा रोहितकुमार पौडेलले ३५, भीम सार्कीले २६ रन बनाउँदा अन्तिममा आक्रामक ब्याटिङ गरेका कप्तान सन्दीप लामिछानेले नौ बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरे ।

    नेपाली टोलीका ओपनरद्वय कुशल भुर्तेल गोल्डेन डकआउट हुँदा अनिल साह एक रनमा आउट भएका थिए । यसबाहेक पवन सर्राफ पनि गोल्डेन डकआउट भएका थिए । 


    तेस्रो आँखा
    लेखकबाट थप