कर्णाली याक्सले चितवनविरुद्ध ब्याटिङ गर्दै

कर्णाली याक्सले चितवनविरुद्ध ब्याटिङ गर्दै


  • 3.9K
    SHARES
    • मंसिर ३, २०८२ मंगलबार
    • ११ महिना अघि
    • 6.0K Views

    कर्णाली याक्सले चितवनविरुद्ध ब्याटिङ गर्दै

    काठमाडौँ, मङ्सिर २ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो दिन मङ्गलबार दुई खेल हुँदैछ ।

    images

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुँदैछ ।अहिले चितवनले टस जितेर पहिले बलिङ रोजेको छ । टस हारेको कर्णालीले पहिले ब्याटिङ गर्दैछ  ।

    चितवनको कप्तानी कुशल मल्ल र कर्णालीको कप्तानी सोमपाल कामीले गर्नुभएको छ । दुवै टोली जित निकाल्दै दोस्रो सिजनमा सुखद सुरुवात गर्ने लक्ष्यमा छन् । 

    यस्तै साँझ ४:०० बजे सुरु हुने अर्को डे नाइट खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदैछ ।  विराटनगरको नेतृत्व सन्दीप लामिछानेले र पोखराको नेतृत्व  कुशल भुर्तेलले सम्हाल्नु भएको छ । 

     


    तेस्रो आँखा