विराटनगरको लगातार दोस्रो जित : काठमाण्डु पाँच विकेटले पराजित

विराटनगरको लगातार दोस्रो जित : काठमाण्डु पाँच विकेटले पराजित


  • 1.8K
    SHARES
    • मंसिर ७, २०८२ शनिबार
    • ११ महिना अघि
    • 2.8K Views

    विराटनगरको लगातार दोस्रो जित : काठमाण्डु पाँच विकेटले पराजित

    काठमाडौँ, मङ्सिर ६  । नेपाल प्रिमियर लिग ९एनपिएल०मा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । 

    images

    शनिबार भएको दोस्रो खेलमा काठमाण्डु गुर्खाजलाई पाँच विकेटले हराउँदै विराटनगरले दोस्रो जित दर्ता गरेको हो । सुरुमा ब्याटिङ गरेको काठमाण्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७ ओभर १ बलमा पूरा गरेको हो । काठमाण्डुले पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १३४ रन बनाएको थियो ।  उसका लागि मोहम्मद आदिल आलमले सर्वाधिक ४८ रन बनाउनुभयो । 


    जवाफी ब्याटिङ गरेको विराटनगरले १७ ओभर एक बलमा १३५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा भेट्टाएको हो । विराटनगरका लागि जर्ज मुन्सेले सर्वाधिक ३६ रन बनाउनुभयो।

     काठमाण्डुका लागि साहब आलमले दुई विकेट हात पार्दा करण केसी, सन्तोष यादव र गेरहार्ड इरास्मसले एकएक विकेट हात पर्नुभयो ।

    यो जितसँगै दुई खेल खेलेको विराटनगरले चार अंक जोडेको छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो । 

    काठमाण्डुले भने लगातार दोस्रो हारको सामना गरेको छ । उद्घाटन खेलमा जनकपुर बोल्टसलाई पाँच विकेटले हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो । 


  • सम्बन्धित विषय:

  • # एनपिएल

  • तेस्रो आँखा