एनपिएल : विराटनगरले जनकपुरलाई १३६ रनको मध्यम लक्ष्य दियो

एनपिएल : विराटनगरले जनकपुरलाई १३६ रनको मध्यम लक्ष्य दियो


  • 2.4K
    SHARES
    • मंसिर ९, २०८२ सोमबार
    • ११ महिना अघि
    • 3.6K Views

    एनपिएल : विराटनगरले जनकपुरलाई १३६ रनको मध्यम लक्ष्य दियो

    काठमाडौँ, मङ्सिर ८ गते । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा जितका लागि विराटनगर किङ्सले जनकपुर बोल्लट्सलाई एक सय ३६ रनको मध्यम लक्ष्य दिएको छ । 

    images

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३५ रन बनायो । 

    विराटनगरका लागि शुभम् रन्जनेले सर्वाधिक ३७ रन बनाउनुभयो । यस्तै बसिर अहमदले ३६, ओपनर लोकेश बमले २८, माटिन गुप्टिलले १३ र जर्ज मुन्सीले १० रन बनाउनुभयो । 

    बलिङमा जनकपुरका सांगीत कुरे र रुपेश सिंहल दुई दुई तथा आदित्य महताले एक विकेट लिनुभयो । विराटनगर आज लगातार तेस्रो खेल जित्ने लक्ष्यमा छ । 


    विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौंँविरुद्ध जित दर्ता गरेको थियो ।

    यस्तै जनकपुर पहिलो जित निकाल्ने तयारीमा छ । यसअघि जनकपुर उद्घाटन खेलमा काठमाडौँ गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो । 

     

     


    तेस्रो आँखा