एनपिएल : सन्दीपको कप्तानी बलिङमा विराटनगरको लगातार तेस्रो जित

एनपिएल : सन्दीपको कप्तानी बलिङमा विराटनगरको लगातार तेस्रो जित


  • 1.7K
    SHARES
    • मंसिर ९, २०८२ सोमबार
    • ११ महिना अघि
    • 2.7K Views

    एनपिएल : सन्दीपको कप्तानी बलिङमा विराटनगरको लगातार तेस्रो जित

    काठमाडौँ, मङ्सिर ८ गते । कप्तान सन्दीप लामिछाने एक्लैले चार विकेट लिएपछि विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ । 

    images

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा विराटनगरले साविक विजेता जनकपुर वोल्ट्सलाई नौ रनले हरायो । 

    जितका लागि एक सय ३६ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा नौ विकेटको विकेटको क्षतिमा एक सय २६ रनमा समेटियो ।

    जितसँगै तीन खेलबाट ६ अङ्क बनाएको विराटनगर शीर्षस्थानमा छ । लगातार दोस्रो हार खेपेको जनकपुरले अङ्कको खाता खोल्न सकेको छैन । 

    जनकपुरका लागि जान निकोल लप्टी-इटोनले सर्वाधिक ४१ रन बनाउनुभयो । यस्तै लाहिरु मिलान्थाले २३, सन्जय कृष्णमूर्तिले २० र आशिफ शेखले १३ रन बनाउनुभयो । 

    जनकपुरलाई निराश बनाउन बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने एक्लैले चार विकेट लिनुभयो । उहाँले चार ओभरमा जम्मा ११ रन मात्र खर्चिनुभयो । सन्दीप प्लेयर अफ दि म्याच हुनुभयो । 

    यस्तै सूर्य तामाङले दुई तथा शुभम् रन्जने र मर्सेन्ट डे लन्जले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३५ रन बनाएको थियो । 

    विराटनगरका लागि शुभम् रन्जनेले सर्वाधिक ३७ रन बनाउनुभयो । यस्तै बसिर अहमदले ३६, ओपनर लोकेश बमले २८, माटिन गुप्टिलले १३ र जर्ज मुन्सीले १० रन बनाउनुभयो । 

    बलिङमा जनकपुरका सांगीत कुरे र रुपेश सिंहल दुई दुई तथा आदित्य महताले एक विकेट लिनुभयो । यसअघि विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई हराएको थियो ।

    यस्तै जनकपुर उद्घाटन खेलमा काठमान्डु गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो । आजै अर्को खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुँदैछ । 

     
     


    तेस्रो आँखा