एनपिएल : पोखराले जनकपुरलाई १५६ रनको लक्ष्य दियो

एनपिएल : पोखराले जनकपुरलाई १५६ रनको लक्ष्य दियो


  • 2.3K
    SHARES
    • मंसिर १२, २०८२ बिहीबार
    • ११ महिना अघि
    • 3.5K Views

    एनपिएल : पोखराले जनकपुरलाई १५६ रनको लक्ष्य दियो

    काठमाडौँ, मङ्सिर ११ गते । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले जितका लागि साविक विजेता जनकपुर बोल्ट्सलाई एक सय ५६ रनको लक्ष्य दिएको छ । 

    images

    त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५५ रन बनायो । 

    पोखराका लागि सुमीत वर्माले सर्वाधिक अविजित ५० रन बनाउनुभयो । उहाँले २९ बलमा दुई चौका र चार छक्काको सहयोगमा अर्धशतक बनाउनुभएको हो । यस्तै ओपनर दिनेश खरेलले ३८, त्रित राज दासले २९ र एडम रोसिङ्टनले २४ रन बनाउनुभयो ।

    बलिङमा जनकपुरका सन्जय कृष्णमूर्तिले तीन विकेट लिनुभयो । अनिल शाह र ललित राजवंशीले एक एक विकेट लिनुभयो ।

    जारी एनपिएलको अघिल्ला दुई खेलमा लगातार हार खेपेका दुवै टोली आज जित निकाल्ने लक्ष्यमा छन् । 

     

     
     


    तेस्रो आँखा