एनपिएलः पोखराले लुम्बिनीलाई १५१ रनको लक्ष्य दियो

एनपिएलः पोखराले लुम्बिनीलाई १५१ रनको लक्ष्य दियो


  • 1.8K
    SHARES
    • मंसिर १४, २०८२ शनिबार
    • ११ महिना अघि
    • 2.8K Views

    एनपिएलः पोखराले लुम्बिनीलाई  १५१ रनको लक्ष्य दियो

    काठमाडौँ, मङ्सिर १३ गते । आडम रोसिङ्टन र जिमी निसमको अर्धशतकीय इनिङ्ससँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले जितका लागि लुम्बिनी लायन्सलाई एकसय ५१ रनको लक्ष्य दिएको छ। 

    images

    त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ५० रन बनायो । पोखराका लागि ओपनर आडम रोसिङ्टनले अर्धशतकीय इनिङ्स खेल्नुभयो । 

    उहाँले ६३ बलमा सात चौका र पाँच छक्काको सहयोगमा ८१ रन बनाउनुभयो । यस्तै, जिमी निसमले अविजित ५१ रन बनाउनुभयो । उहाँले ३२ बलमा तीन चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । 

    अर्का ओपनर दिनेश खरेल सात रनमा आउट हुनुभयो । कप्तान कुशल भुर्तेल शुन्य रनमा पेभेलियन फर्किएपछि क्रिजमा आउनुभएका सेमित वर्मा शुन्य रनमै आउट हुनुभयो । त्यसपछि त्रितराज दासलाई पनि एक रनमा पेभेलियन फर्किएपछि पोखरा केही समय निरास देखिएको थियो । 

    बलिङमा लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई–दुई तथा गुलवदिन नइवले एक विकेट लिनुभयो । यसअघि तीन खेल खेलेको पोखरा आज दोस्रो जित निकाल्ने लक्ष्यमा छ । यता चौथौ खेल खेलिरहेको लुम्बिनी पनि दोस्रो जितको पर्खाइमा छ । 

    समान दुई–दुई अङ्क बनाएको पोखरा र लुम्बिनी क्रमशः छैटौँ र सातौँ स्थानमा छ । आजै अर्को खेलमा शीर्षटोली सुदूरपश्चिम रोयल्स र साविक विजेता जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ । 

     


    तेस्रो आँखा