एनपिएल : चितवनले पोखरालाई १२१ रनको लक्ष्य दियो

एनपिएल : चितवनले पोखरालाई १२१ रनको लक्ष्य दियो


  • 2.3K
    SHARES
    • मंसिर २१, २०८२ शनिबार
    • १० महिना अघि
    • 3.6K Views

    एनपिएल : चितवनले पोखरालाई १२१ रनको लक्ष्य दियो

    काठमाडौँ, मङ्सिर २० । नेपाली प्रिमियर लिग ९एनपिएल० मा चितवन राइनोजले जितका लागि पोखरा एभेन्जर्सलाई एक सय २१ रनको मध्यम लक्ष्य दिएको छ ।

    images

    त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २० रन बनायो ।

    चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाउनुभयो । यस्तै अल्पेश रामजनीले ३३, कुशल मल्लले २३ र सैफ जइफले १७ रन बनाउनुभयो । 

    बलिङमा पोखराका धनन्जय लक्ष्मणले तीन तथा विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एक एक विकेट लिनुभयो । चितवन र पोखरा दुवै समूह चरणबाट बाहिरिसकेका छन् । 

     


    तेस्रो आँखा