काठमाडौं, १२ चैत्र । एकदिवसीय क्रिकेट सिरिजको दास्रो खेलमा पनि नेपाल पपुवा न्युगिनी(पीएनजी)सँग तीन विकेटले पराजित भएको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको सिरीजको दोस्रो खेलमा नेपालमाथि तीन विकेटको जित निकाल्दै पीएनजीले नेपालको विरुद्धमा क्लिन स्विप गरेको हो ।
शुक्रबार भएको पहिलो खेलमा नेपाल छ रनको झिनो अन्तरले पराजित भएको थियो । ब्याटिङमा उत्कृष्ट गरेपनि बलिङ नचल्दा नेपाल निराशाजन हार बेहोर्न बाध्य भएको हो ।नेपालले दिएको दुई सय ७९ रनको लक्ष्य पीएनजीले ४८ दशमलब चार बलमा सात विकेत गुमाएर भेट्टायो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो ।
नेपालका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले । १ सय ४० बल ७ चौका प्रहार गरेका ऐरी नेपालको लागि एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बने ।खराब सुरुवात गरेको नेपालले तेस्रो ओभरको सुरुवातमा ५ रन जोड्दा २ विकेट गुमाएको थियो । कुशल भुर्तेल खेलको पहिलो बलमा गोल्डेन डक हुँदा अनिल शाह तेस्रो ओभरको पहिलो बलमा आउटसाइड एज लाग्दा किपरको हातबाट क्याच भए ।
तेस्रो नम्बरमा आएका देव खनाल र चौथो नम्बरमा दिपेन्द्र सिंह ऐरीले तेस्रो विकेटको लागि १ सय २९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई राम्रो स्तिथिमा पुर्याए ।दिपेन्द्रले देवले आफ्नो पहिलो अर्धशतक प्रहार गर्दै ७२ रनको इनिङ खेले । रोहित पौडेलले ३५ रनको योगदान गर्दा भिम शार्की २६ रनमा बोल्ड भए । अन्तिममा कप्तान सन्दीप लामिछाने आक्रामक २४ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गर्दै अविजित रहे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
पीएनजीका अलेइ नाओले ३ विकेट लिए । नोरमान भानुअले २ तथा चाड सोपर र चार्ल्स अमिनीले समान १र१ विकेट हात पारे । एकदिवसीय र त्रिदेशीय टी(ट्वान्टी सिरिजका लागि पीएनजी नेपालको भ्रमणमा आएको हो । युएईमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर पीएनजी नेपाल आएको हो ।
उक्त सिरिजमा नेपालले दुबै खेलमा पीएनजीलाई हराएको थियो । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेट तथा दोस्रो खेलमा ७ विकेटले हराएको थियो ।तर, पीएनजीले नेपाललाई घरेलु मैदानमा बदला लिएको छ ।अब पीएनजीले नेपाल र मलेसियासँग त्रिदेशीय टी ट्वान्टी सिरिज खेल्नेछ ।
