• ट्रेण्डिङ्ग :
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट


  • 2.0K
    SHARES
    • पौष २०, २०८२ आइतबार
    • १० महिना अघि
    • 3.1K Views

    नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    काठमाडौँ,  पुस २० । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अङ्कले घटेर दुई हजार ६१० दशमलव ६३ को बिन्दुमा कायम भएको हो ।

    images

    ३२३ कम्पनीको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता शेयर ७९ हजार ७०२ पटक खरिदबिक्री हुँदा रू. पाँच अर्ब एक करोड ७५ लाख ८७ हजार २९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  

    आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन एक दशमलव ०४ र व्यापार समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ८०, वित्त शून्य दशमलव १३, जलविद्युत शून्य दशमलव ४९, लगानी शून्य दशमलव ३२, जीवन बीमा शून्य दशमलव ८८, लघुवित्त शून्य दशमलव ३२, म्युचुअल फन्ड शून्य दशमलव २९, निर्जीवन बीमा शून्य दशमलव ८६ र अन्य समूह एक दशमलव ६९ प्रतिशतले घटेको छ ।

    विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ३२ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको सबैभन्दा धेरै ३० करोड, ६५ लाख, ८५ हजार, ७६ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै एनआईसी एसिया बैंक लिमिटेडको छ लाख ३४ हजार ७४९ कित्ता शेयर किनबेच भएको छ । रासस 


    तेस्रो आँखा