रोल्पाली सेवा समाज रोल्पाको तेस्रो केन्द्रिय अधिवेशन माघ १० गत्ते हुने

रोल्पाली सेवा समाज रोल्पाको तेस्रो केन्द्रिय अधिवेशन माघ १० गत्ते हुने


  • 8.9K
    SHARES
    • पौष २६, २०८२ शनिबार
    • ९ महिना अघि
    • 13.7K Views

    रोल्पाली सेवा समाज रोल्पाको तेस्रो केन्द्रिय अधिवेशन माघ १० गत्ते हुने

    तुलसीपुर, २६ पुस । रोल्पाली सेवा समाज रोल्पाले तेस्रो केन्द्रिय अधिवेशन रोल्पाको त्रीवेणी गाउपालिका ५ जुँगारमा माघको १० गत्ते भएको छ।

    images

    “मातृभूमिका लागि विश्वभरका रोल्पालीहरू गोलबन्द हौँ” भन्ने मूल नारासहित स्थापित रोल्पालीहरूको साझा संस्था रोल्पाली सेवा समाज,रोल्पाको तेस्रो केन्द्रीय अधिवेशन आफ्नै गृह जिल्ला त्रिवेणी गाउँपालिका ५ जुगार रोल्पामा सम्पन्न गर्ने केन्द्रिय महासचिव श्री शेर बहादुर डागी ज्युले जानकारी दिनुभयो।

    महासचिव डागीले भन्नु भयो रोल्पाली सेवा समाज रोल्पाले अहिलेसम्म विभिन्न १८ वटा राष्ट्रमा र दाङमा आफ्नो शाखाहरु बिस्तार गरि सकेको छ। समाज सेवालाइ मुल धर्म बनाएर सकृय समाज सेवामा होमिएको रोल्पाली सेवा समाज रोल्पाले यसपटक अधिवेशन सङ्गै संगठनको स्मारिका पनि प्रकाशन गर्ने भएको छ। स्मारिका भविस्यमा संगठनको बलियो दस्तावेजको रुपमा रहने छ।

    यसपटक हुन गइरहेको महत्त्वपूर्ण तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै समाजलाई थप परिमार्जन र जुझारु बनाउने साथै समाजलाइ चलायमान बनाउन र सामाजिक सेवालाइ थप उचाइमा पुराउन धेरै संकल्प गर्नुपर्ने र गरिएको संकल्पलाइ पुरा गर्न सक्ने नेतृत्व चयन गर्नु पर्ने भएको हुदा उक्त अधिवेशनलाई भव्य,सभ्य र सफल बनाउनको लागि महासचिव डागीले संस्थाका केन्द्रीय सल्लाहकार,केन्द्रीय तथा शाखा समितिका पदाधिकारी,आजीवन एवं साधारण सदस्यज्यूहरू तथा देश–विदेशमा रहनुहुने सम्पूर्ण आदरणीय रोल्पाली आमाबुवा,दाजुभाई दिदिबहिनी लगायत सम्पूर्ण शुभेच्छुकहरूमा उपस्थितिको लागि हार्दिक आव्हान गर्नु भएको छ।


    तेस्रो आँखा