राेल्पा, २ माघ । परिवर्तन गाउँपालिका युवा सञ्जाल रोल्पाका अध्यक्ष तथा सामाजिक ब्याक्तित्व रविन बुढा मगरकाे नेतृत्वमा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ।
"राष्ट्रको लागि खेलकुद स्वास्थको लागि खेलकुद" भन्ने राष्ट्रिय नारालाइ आत्मसात गर्दै रोल्पा जिल्ला परिवर्तन गाउँपालिका-६ इरिबाङ डाँडा युवा समुह लाई खेलकुदका सामग्रीहरु हस्तान्तरण गरिएको हाे।
मगर तथा थारु समुदायमा मनाइने विषेश पर्व माघे संक्रान्तिको अवसरमा युवा समुहलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको थियोे ।
युवा सञ्जाल रोल्पाका अध्यक्ष रविन बुढा मगरले खेलकुद र खेल क्षेत्रमा युवाहरुलाइ उर्जा थप्न, हौसला प्रदान गर्न तथा प्राेसाहन गर्नको लागि सामाजिक कार्यमा अग्रसर हुँदै आउनु बताउनु भएको हाे। युवा समुहलाई समाज रुपान्तरण गर्ने कार्यमा अग्रसर बनाउन सकिने उहाँको भनाइ छ । हस्तान्तरणको क्रममा अध्यक्ष बुढा मगरले गाउबस्तीमा भलिबलको राम्रो क्रेज रहेको तर मैदान, बल, जाली र पम्प जस्ता सामाग्रीको अभाव हुदा युवाहरुको खेल्ने चाहना हुदा हुदै पनि अवसर नपाएको बताउनु भयो।
युवा क्लबका अध्यक्ष रविन बुढा मगर, सुकिदह युवा कल्वको अध्यक्ष सामाजिक अभियानता मनोज बुढा मगर र सामाजिक व्यक्तित्व युवा व्यवसायी गोपाल बुढा मगरले ३- थान भलिवल २ थान पम्प १ थान भलिबल जाली सहयोग गर्नु भएको छ। त्यसैगरी परिवर्तन गाउँपालिका-६ इरिबाङ डाँडाका वडा सदस्य जनप्रतिनिधि कल्पना दमाईले १ थान भलिबल पोल सहयोग प्रदान गर्नु भएको छ।
यस खेलकुद सामाग्री रविन कुमार बुढा मगरको उपस्तिथिमा मगर युनिती युवा समुहको पुर्व अध्यक्ष महेन्द्र बुढा मगर बुद्धिजीवी पुर्ण बहादुर बुढा बलजित बुढा युवा गम प्रसाद बुढा लगायतको युवाहरूको सहभागीतामा उक्त खेलकुद सामाग्रीहरु हस्तान्तरण गरिएको थियो।
