कतार विश्वकपपछि अन्तर्राष्ट्रिय खेलजीवनबाट संन्यास लिने मेसीको संकेत

कतार विश्वकपपछि अन्तर्राष्ट्रिय खेलजीवनबाट संन्यास लिने मेसीको संकेत


  • 6.0K
    SHARES
    • चैत्र १३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    कतार विश्वकपपछि अन्तर्राष्ट्रिय खेलजीवनबाट संन्यास लिने मेसीको संकेत

    काठमाडौं, १३ चैत्र । अर्जेन्टिनाका कप्तान लियानल मेसीले कतार विश्वकप २०२२ पछि आफ्नो खेलजीवनबारे उचित निर्णय लिने बताएका छन् ।दक्षिण अमेरिकी छनोटबाट यसअघि शीर्ष स्थानको ब्राजिल र दोस्रो स्थानको अर्जेन्टिनाले कतार विश्वकपको टिकट काटिसकेका छन् । 

    images

    मेसीको कप्तानीमा गत वर्ष अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको थियो । सन् १९९३ पछि अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको यो पहिलो पटक थियो । सन् २०१४ मा अर्जेन्टिना विश्वकपको फाइनलमा  पुगे पनि जर्मनीसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।सन् २०१६ को कोपा अमेरिका फाइनलमा चिलीसँग पराजित भएसँगै मेसीले अन्तर्राष्ट्रिय खेलजीवनबाट संन्यास घोषणा गरेका थिए । त्यसको केही समयपछि उनी संन्यासको निर्णयबाट पछि हटेका थिए । 

    मेसी गत अगस्टमा स्पेनिस ला लिगाको क्लब र्बािर्सलोानबाट पेरिस सेन्ट जर्मन (पिएसजी)मा आबद्ध भएका थिए । उनले कतार विश्वकपपछि अन्तर्राष्ट्रिय खेलजीवन अघि बढाउने वा नबढाउने बारे विचार गर्ने बताएका हुन्।‘मलाई विश्वकप फुटबल पछि के गर्छु भन्ने थाहा छैन । तर म मेरो अन्तर्राष्ट्रिय खेलजीवन अघि बढाउने वा नबढाउने बारे भने उचित निर्णय लिन्छु।’मेसीले भने । मेसीले अर्जेन्टिनाबाट एक सय ५९ खेलमा ८१ गोल गरेका छन्।


    तेस्रो आँखा
    लेखकबाट थप