आफ्नै कार्यकर्ताका कारण जाममा फसे केपी ओली

आफ्नै कार्यकर्ताका कारण जाममा फसे केपी ओली


  • 9.1K
    SHARES
    • मंसिर १०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    आफ्नै कार्यकर्ताका कारण जाममा फसे केपी ओली
     
    चितवन, १० मंसिर । १०औं महाधिवेशनबाट होटल फर्कने क्रममा एमाले अध्यक्ष केपी ओली जाममा फस्नु भएकाे छ। महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारबाट होटल फर्कने क्रममा उहाँ टिकौलीकाे जाममा फस्नु भएकाे हाे । 

    उहाँ चढेको गाडी जाममा परेपछि जाम खुलाउन धौ–धौ भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिनुभयाे ।

    images

    शुक्रबार दिनभरजसो जाम भएपछि कतिपय एमाले कार्यकर्ताहरु हिँडेर महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनार पुग्नु भएकाे थियाे । टिकौली जंगल नारायणी नदी किनारबाट करिब चार किमी पूर्वतर्फ पर्छ । 

    महाधिवेशनमा सहभागी हुन आएका नेता कार्यकर्ता एकसाथ उद्घाटनस्थलवाट निस्किएका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । जामकै कारण उद्घाटन समारोहमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीपनि ढीला गरी पुग्नु भएकाे थियाे । 

     

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # एमाले महाधिवेशन

  • तेस्रो आँखा