थाइ क्लब चोनबुरी एफसीसँग पनि नेपाल पराजित

थाइ क्लब चोनबुरी एफसीसँग पनि नेपाल पराजित


  • 8.0K
    SHARES
    • चैत्र १३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    थाइ क्लब चोनबुरी एफसीसँग पनि नेपाल पराजित

    काठमाडौं, १३ चैत्र ।  नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण फुटबलमा थाइल्याण्डको शीर्ष डिभिजनको क्लब  चोनबुरी एफसीसँग पनि तीन एक को गोल अन्तरले पराजित भएको छ । दुई मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड भ्रमणमा रहेको नेपाली टोली बिहीबार पनि थाइल्यान्डसँग दुई शून्य गोल अन्तरले पराजित भएको थियो ।

    images

    आइतबार चोनबुरी स्टेडियममा भएको खेलमा नेपालले निराशाजनक हार बेहोर्नुपर्यो। थाइल्यान्डका लागि फान्थामित प्रफानात, रेनाटो केलिच र नाटापोङले एक–एक गोल गर्दा नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए । खेलको २४ औं मिनेटमा फान्थामितले गोल गर्दै चोनबुरीलाई सुरुआती अग्रता दिलाएका थिए ।

    खेलकाे ६५ औं मिनेटमा रेनाटोले गोल गर्दै चोनबुरीको अग्रता दुई शून्य को बनाए । खेलको ८३ औं मिनेटमा दर्शनले गोल गर्दै नेपाललाई दुई एक गोलको स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा नाट्टापोङले गोल गर्दै घरेलु टोलीलाई तीन एका गोलको जित दिलाए ।

    एसियन कप छनोटमा  नेपाल समूह ए मा रहेको छ । सो समूहमा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन आठदेखि १४ सम्म हुनेछ । नेपालले जुन आठमा जोर्डनसँग, जुन ११ मा कुवेतसँग र जुन १४ मा इन्डोनेसियाविरुद्ध  खेल्नेछ ।