तुलसीपुरमा महिलाहरुका लागि फाेटाे पत्रकारिता तालिम सुरु

तुलसीपुरमा महिलाहरुका लागि फाेटाे पत्रकारिता तालिम सुरु


  • 1.4K
    SHARES
    • माघ १९, २०८२ आइतबार
    • ९ महिना अघि
    • 2.1K Views

    तुलसीपुरमा महिलाहरुका लागि फाेटाे पत्रकारिता तालिम सुरु

    तुलसीपुर, १८ माघ । दाङको तुलसीपुरमा आजदेखि महिलाहरुका लागि फाेटाे पत्रकारीता तालिम सुरु भएको छ । आइतबार तुलसीपुर उपमहानगरपालिकाकाे महिला, बालबालिका तथा सामाजिक विकास शाखाकाे आयोजनामा र सञ्चारिका समूह दाङको समन्वयमा तालिम सुरु भएको हाे । 

    images

    तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेकाे अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरका मेयर टिकाराम खड्काकाे प्रमुख अथित्यतामा तालिम उद्घाटन भएको थियोे । 

    उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै तुलसीपुर उपमहानगरपालिकाकि उपमेयर स्यानी चाैधरीले सञ्चार क्षेत्रमा महिलाहरुकाे प्रतिनिधित्व बढाउन फाेटाे पत्रकारिताकाे अहम भुमिका रहने बताउनुभयो । महिलाहरुलाई व्यवसायीक पत्रकारितामा आकर्षण गर्ने फाेटाे पत्रकारिता आवश्यक रहने उहाँको भनाइ छ । साथै सबै पत्रकार सबै महिलाहरु आफै आत्म निर्भर रहनका लागि फाेटाे पत्रकारिता गर्नेपर्ने उहाँले बताउनुभयो ।

    उक्त कार्यक्रममा बाेल्दै पत्रकार महासंघ दाङकी उपाध्यक्ष नारायणी रजाैरेले महिला पत्रकारका लागि फाेटाे पत्रकारिता आवश्यक अंग भएकाे उहाँले बताउनुभयो । साथै महिला पत्रकारहरुलाई व्यवसायीक पत्रकारिता गर्न यसले महत्त्वपूर्ण भुमिका खेल्ने उहाँको भनाइ छ । 623681432_743041738880035_7204473518305771932_n.jpg

    फाेटाे पत्रकारिता तालिम ४ दिनसम्म सञ्चालन हुने भएको छ । फाेटाे पत्रकारिता तालिम प्रशिक्षक चन्द्रबहादुर गिरीले दिनुहुनेछ ।

    कार्यक्रमकाे सञ्चालन तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाकि प्रमुख माया श्रेष्ठले गर्नुभएको थियो ।


    तेस्रो आँखा